काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा डाँकेको सर्वदलीय बैठक सुरु भएको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बाहेकका दलहरू सहभागी छन् ।
राष्ट्रपतिले संविधान विपरीत अनावश्यक सक्रियता देखाएकाले पार्टीबाट कोही पनि बैठकमा सहभागी नभएको एमाले उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित एमालेले निरन्तर संसद् अवरोध गरेपछि राष्ट्रपति पौडेलले त्यसमा चासो व्यक्त गर्दै आएका छन् । यद्यपी सुन तस्करी छानविनका लागि उच्च स्तरिय छानविन समिति बनाउने सहमति भएपछि आजदेखि एमालेले संसद अवरोध नगर्ने बताएको छ ।