काठमाडौं । राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकमा सहमति जुटेको छ । सुन तस्करी छानबिन र संसद खुलाउनेबारे सहमतिमा हस्ताक्षर हुन लागेको बैठकमा सहभागी एक नेताले बताए ।
सुन प्रकरणमाथि छानबिन गर्न उच्चस्तरीय समिति बनाउनेबारे छलफलका लागि राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक सिंहदरबारमा बसेको थियो ।
उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद बैठक अवरुद्ध गर्दै आएको छ । संसदको अर्को बैठक आजै ३ बजेका लागि बोलाइएको छ ।