११ कार्तिक २०८१, आइतबार 1730038232
Banner

मुग्लिङ–नारायणगढ सडकखण्डमा पहिरो खस्यो, सडक अबरुद्ध

काठमाडौं । मुग्लिङ नजिकै नाग्दी खोलामा पहिरो खस्दा मुग्लिङ काठमाडौं सडक अवरूद्ध भएको छ ।

शुक्रबार साँझ सडकखण्ड अन्तर्गत ७ बजे इच्छाकामना गाउँपालिका ४ स्थित नाग्दी खोलामा पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवन प्रहरीले जनाएको छ । पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् भने पहिरो पन्छाउन प्रहरीको टोली त्यसतर्फ पठाइएको छ ।

बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटकपटक पहिरो जाने र बाटो अवरुद्ध हुने गरेको छ। यो सडकखण्ड भएर दैनिक हजारौँ सवारीसाधन अवतजावत गर्छन ।