११ कार्तिक २०८१, आइतबार 1730016343
Banner

कलाकार सारुक ताम्राकारका बाबु सानु ताम्राकारको निधन

काठमाडौं । कलाकार तथा जादुगर सानु ताम्राकारको ७४ वर्षमा उमेरमा उपचारका क्रममा निधन भएको छ । काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज दिउँसो ३ः२० बजे ताम्राकारको निधन भएको नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विगत २४ दिनदेखि उपचाररत रहनुभएका उहाँ हामीमाझ रहनुभएन । उहाँलाई आइतबार बिहान पशुपतिस्थित आर्यघाटमा श्रद्धाञ्जलि दिएर अन्त्येष्टि गर्ने तयारी छ ।” अध्यक्ष निरौलाले कलाकार ताम्राकारको निधनले सङ्घसँगै आफू पनि मर्माहत भएको बताउनुभयो । ‘मेरी मामु’, ‘भुइँ मान्छे’, ‘ग्याम्ब्लर’, ‘पल’लगायतका चलचित्रमा अभिनय गर्नुभएका कलाकार ताम्राकारकी श्रीमती रुकमणि ताम्राकार हुनुहुन्छ ।

ताम्राकारका छोरा सारुक ताम्राकारले गत असार २१ मा आत्महत्या गर्नुभएको थियो । छोराले आत्महत्या गरेयता उहाँ अस्वस्थ हुनुहुन्थ्यो ।