१० कार्तिक २०८१, शनिबार 1729981826
Banner

झलनाथ खनालको आफ्नै पार्टीलाई प्रश्न : गठबन्धनले संविधान उल्लंघन गरिरहेको छ, एसको भूमिका के हो ?

काठमाडौं । नेकपा एसका सम्मानित नेता झलनाथ खनालले गठबन्धनका नाममा पटक पटक संविधान उल्लघंन गरेको बताउँदै आफ्नै पार्टी समाजवादीको भूमिका के हो भनी प्रश्न गरेका छन् ।

नेकपा एसको दोस्रो स्थापना दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा खनालले गठबन्धनका नाममा जस्तासुकै गलत कामको भारी बोकेर हिँड्न नहुने बताए ।

खनालले भने, ‘हामीले संविधान रक्षाको लागि गठबन्धन बनाएको भनेका छौँ । तर यही गठबन्धनले एकपछि अर्को संविधान उल्लंघन गरेको भनेर सर्वोच्च अदालतले भन्यो । कोशीमा यही गठबन्धनले दुई दुई पटक संविधान उल्लंघन गरेको छ । यसमा हाम्रो पार्टीको धारणा के हो रु गठबन्धनमा नाममा उनीहरूले गरेका सबै काम हामीले मान्ने हो कि स्वतन्त्र अस्तित्व देखाउने ?’

Tags :