११ कार्तिक २०८१, आइतबार 1730053278
Banner

एसिया कपका लागि क्रिकेटर सन्दीप पाकिस्तान प्रस्थान

काठमाडौँ-एसिया कप क्रिकेट खेल्न सन्दीप लामिछाने आज पाकिस्तान प्रस्थान गर्नु भएको छ ।  

कतारको दोहा हुँदै लामिछाने पाकिस्तान पुग्नुहुनेछ ।  

जबरजस्ती करणीको कसुरमा आइतबार अन्तिम सुनुवाइ हुने भनिए पनि समय अभावका कारण सन्दीपको मुद्दा हेर्न नभ्याउनेमा परेपछि उहाँ आज पाकिस्तान जानुभएको हो । 

लामिछानेको अर्को पेसी भदौ २१ गते तोकिएको छ । भदौ १८ अर्थात् सेप्टेम्बर ४ तारिखमा नेपाल र भारतबीचको खेले खेलेर लामिछाने भदौ २० गते नेपाल फर्किनुहुनेछ ।