२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 1:55 pm
Banner

समाजवादी मोर्चाले आज धनगढीमा सन्देश सभा आयोजना गर्दै

सूचना प्रेस २०८० भदौ १३ बुधबार ००:००, ०६:२८ बजे १ मिनेट पढाइ

काठमाडौं । समाजवादी मोर्चाले आज कैलालीको धनगढीमा सन्देश सभा आयोजना गर्दैछ। सातै प्रदेशमा सभा गर्ने घोषणा गरेको मोर्चाले बुधबार सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रमलाई मोर्चामा आबद्ध चारै दलका शीर्ष नेताले सम्बोधन गर्ने छन्। मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी छन्।

मार्चाले यसअघि ८ गते वीरगञ्ज र मंगलबार बुटवलमा घोषणासभा गरिसकेको छ। यस्तै १४ गते सुर्खेत १५ गते पोखरा, २३ गते हेटौंडा र २५ गते विराटगनरमा सभा तय भएको छ।