१० कार्तिक २०८१, शनिबार 1729980738
Banner

समिति सभापतिहरुलाई प्रभावकारी रुपमा काम गर्न सभामुख घिमिरेको निर्देशन

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय समितिहरुको कामलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सभापतिहरुलाई निर्देशन दिएका छन् ।

बुधबार सभामुख, उपसभामुखसहित दशवटै संसदीय समितिको सभापतिसँग भएको बैठकपछि सभामुख घिमिरेले समिति सभापतिहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

उनले समितिमा आउने विधेयकहरुलाई आवश्यकता अनुसार सरोकारवालासँग छलफल गर्ने र दफावार छलफल गरी छिटोभन्दा छिटो टुंग्याउन पनि निर्देशन दिए । उनले समितिहरुले गतिका साथ काम गर्नुपर्ने पनि बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बैठकबारे जानकारी दिँदै उनले भने, ‘निर्णयहरु अब समितिले गतिका साथ काम गर्ने । सभाले दिएका दायित्वहरु अब समितिमार्फत पूरा गर्ने । र समितिहरुलाई प्रभावकारी ढंगबाट काममा अगाडी बढाएर सभालाई प्रभावकारी बनाउने कुराहरु भयो । खासगरी आएका विधेयकहरु समितिमा गएका छन् । अब आउने विधेयकहरु पनि समितिमै जान्छन् । समितिमा सरोकारवालाहरुसँग आवश्यकता अनुसार बस्ने उहाँहरुको कुराहरु सुन्ने । र सबै आ–आफ्नो समितिमा माननीयज्यूहरुले घनिभुत ढंगबाट दफावार छलफल गर्ने, छिटो टुंग्याउने र सभामा ल्याउने कामका लागि विशेष अगाडी बढ्नुस् भन्ने कुराहरु सभामुखको तर्फबाट भन्ने काम भयो । उहाँहरुले त्यसलाई एकदम ठिक भयो । यो दायित्व पूरा गर्छौं भनेर उत्साहसाथ लिनुभयो ।’

Tags :