११ कार्तिक २०८१, आइतबार 1730031108
Banner

विप्लवले बोलाए स्थायी कमिटी बैठक

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि विप्लवले स्थायी कमिटी बैठक बोलाएका छन् ।

बैठक केन्द्रीय कार्यालय बुद्धनगरमा शुक्रबार बिहान ८ बजे का लागि उनले पछिल्लो समय विकसित राजनीतिक घटनाबारे छलफलका लागि बस्ने स्थायी कमिटी बैठक बोलाएका हुन् ।

अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनसम्बन्धी सम्झौता बुधबारबाट कार्यान्वयनमा आएपछि रुष्ट भएको नेकपाले बैठकमा विरोधका थप कार्यक्रम, सरकारप्रति दृष्टिकोण, आगामी रणनीति लगायत विषयमा समीक्षा गर्ने भएको छ ।

महासचिव विप्लवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तत्काल एमसीसी कार्यान्वयन नगर्न चेतावनी दिएका थिए । तर प्रधानमन्त्री प्रचण्डले कर्मचारी तहमा प्रवेश गरिसकेकाले आफूले केही गर्न नसक्ने जवाफ फर्काएका थिए ।

Tags :