११ कार्तिक २०८१, आइतबार 1730024240
Banner

नेपाली भूमि भारतको देखाएको भन्दै बालेन शाहद्वारा चीन भ्रमण स्थगित

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चीन भ्रमण स्थगित गरेका छन् ।

चीनले नेपालको भूमि नपाललाई सोध्दै नसोधी भारत भनी देखाएको भन्दै उनले चीनको निमन्त्रणमा हुन लागेको पाँचदिने भ्रमण स्थगित गरेका हुन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत मेयर शाहले चीनले नसोधी नेपाली भूभागलाई भारतको देखाउनु नेपालको संवेदनशीलतामाथि चालेको गलत कदम भएको भन्दै नैतिकताका आधारमा भ्रमणमा नजाने निर्णय भएको बताएका छन् ।

मेयर शाहले फेसबुकमा लेखेका छन्– ‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।’

Tags :