११ कार्तिक २०८१, आइतबार 1730038925
Banner

प्रचण्डलाई अध्यक्ष ओलीको जवाफ, एमाले कच्चा माटोको ढिस्को हो र पहिरो जान ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कच्चा माटोको ढिस्को नभएको बताउनुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले सुर्खेतमा समाजवादी मोर्चाको कार्यक्रममा प्रतिपक्ष दलमा धाँजा फाटेको भन्दै विस्फोट हुन सक्ने टिप्पणी गर्नुभएको थियो।

“प्रचण्डले थाहा पाउनुपर्ने नि, एमालेमा पहिरो जान्छ कि जाँदैन , उहाँहरूलगायत धेरैले एमाले सिध्याउन खोज्दा एमालेले ज्यान फुरर्र पार्दा धुलो, पानी सबै उड्यो । एमाले जहाँको त्यहीँ छ,” शनिबार बुटवलमा पार्टीको लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन गर्दै ओलीले भन्नुभयो ।

एमाले खरानीको डल्लो हो र पहिरो जाने भन्दै उहाँले प्रश्न गर्नुभयो । “एमालेमा पहिरो जान्छ ? कच्ची माटाको ढिस्को हो एमाले ? महान् उद्देश्य बोकेर हिँडेको पार्टी खरानीको डल्लो हो यो पहिरो जाने ?,” उहाँको भनाई थियो ।

प्रचण्डलाई अब सरकार टिक्दैन भन्ने लागिसकेको ओलीको भनाइ छ । अध्यक्ष ओलीले अरु पार्टीको जस्तो अधिवेशनका लागि अधिवेशन आफ्नो पार्टीमा नहुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेकपा एमाले कर्मकाण्ड होइन। महान उद्देश्यहरुतर्फ फर्किएको छ। ती उद्देश्यहरु यस पार्टीले गर्ने छ। गरिआएको छ। यसको काँधमा अरु पार्टीजस्तो जसरी भएपनि सरकार बनाउँ, सरकारमा पुगौं र टिकौं भन्ने होइन।’