१० कार्तिक २०८१, शनिबार 1729972905
Banner

चखन्चु र यज्ञमति खहरे प्रभावित बूढानीलकण्ठबासी बालेनप्रति आक्रोशित (भिडियोसहित)

काठमाडौं । धोवी खोलादेखि आनी गुम्बासम्मका चखन्चु खहरे र यज्ञमति खहरे खोलाका सारोकारवाला बासिन्दाले काठमाडौं महानगरको कार्यप्रति आक्रोश व्यक्त गरेका छन् ।

काठमाडौ महानगरपालिकाले बूनपा र काठमाडौं महानगरपालिकाको सीमामा अवस्थित खोला उत्खनन् गरेपछि सिर्जित कष्टकर जनजीवन, उपत्यका विकास प्राधिकरणले वर्षौदेखि आनिगुम्बादेखि आरम्भचोक तथा धोबिखोला देखि ५०० मिटरमाथि गर्दै गरेको बक्स कल्भर्ट र अबको निकासबारे बुनपा १०, ११ र १२ द्वारा आयोजित छलफलका क्रममा सरोकारलवालाहरुले महानगरको कार्यप्रति आक्रोश पोखेका हुन् ।

केही समयअघि काठमाडौं महानगरले सो खोला उत्खनन्का क्रममा दुई पक्षबीच तनावको वातावरणसमेत सिर्जना भएको थियो । तर, महानगरले खोला उत्खनन् गरेरै छाड्यो । जसका कारण प्रभावित बासिन्दा आक्रोशित हुँदै आएका छन् ।

वाला नारदकुमार भण्डारीले काठमाडौं महागरको गलत प्रवृत्तिका कारण वर्तमान अवस्था सिर्जना सिर्जिएको बताए । त्यस्तै सहभागी ज्ञानेन्द्र बहादुरले अहिले माहानगरले उत्खनन् गरेका खोलाको समस्या २ महिनाको मात्रै भएको बताउँदै बाँकी १० महिना आफूहरुलाई सास्ती खेप्न बाध्य पारिएको बताए । उनले भने, ‘ महानगरको यो कार्य सही भएन ।’

कसैलाई पनि अरुको घर भत्काउने अधिकार नभएको बताउँदै आधिकारिक रुपमा आए आफूहरु धनीपूर्जा दिन तयार रहेको उनले बताए । जग्गा किन्दा आफूहरुलाई खोलाबारे थाहा नभएको बताउँदै अर्का सरोकारवालाहरुले महानगरको कार्यको निन्दा गरे ।

अर्का सरोकारवालाले खहरेलाई भनेर ३८, ३९ करोड आएको बताउँदै सो बजेट यही खहरेमा उपयोग हुनुपर्ने बताए । यस्तै, सहभागी अर्की सहभागीले खोला उत्खनन्का कारण वर्षाका कारण बाटो हिलो हुनुका साथै बालबच्चाहरु झन जोखिममा रहेको बताइन् ।

काठमाडौं महानगर र बूढानीलकण्ठ नगरपालिका बीचमा अवस्थित उल्लेखित खोला उत्खनन्का कारण किनारमा रहेका घरका बलेनीमा खोला देखिएको छ । जसका कारण घरधनी प्रत्यक्ष मारमा परेका छन् । साथै, खोला काठमाडौं महानगर र बूढानीलकण्ठ नगरपालिकाबीच आवतजावतमा पनि समस्या भएको छ ।

Tags :