काठमाडौँ-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख सुवास तथा नेकपा एमालेका उपाध्यक्ष नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको बताउनुभएको छ । नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै भण्डारीले उहाँको निधनले पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ ।
भण्डारीले भन्नुभएको छ,’मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेकपा (एमाले)का उपाध्यक्ष श्री सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको छु । म उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यस दुःखद् घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु । उहाँको निधनले सिंगो पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ ।’