काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार मन्त्रिपरिषदको बैठक विहान १० बजे बस्ने बताइएको छ ।
स्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषद् ले नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्ने तयारी छ । नेम्वाङलाई राष्ट्रिय सम्मान दिइने बताइएको छ ।