११ कार्तिक २०८१, आइतबार 1730024755
Banner

सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने मन्त्रिपरिषदको निर्णय, अन्त्येष्टिको दिन सार्वजनिक विदा दिईने

काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । उनको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णयसमेत सरकारले गरेको छ ।

आज बिहान बसेको मन्त्रिपरिषद को आकस्मिक बैठकले सो निर्णय गरेको हो । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान हदयघातबाट निधन भएको थियो ।