२८ भदौ २०८३, आइतबार 1789334689
Banner

नेम्वाङको पार्थिव शरीर च्यासल लैजाने तयारी (तस्विरमा)

काठमाडौं । गएराति हदयघातबाट निधन हुनुभएका संविधान सभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासल ल्याउन लागिएको छ।

त्रिवि शिक्षण अस्पतालमा अहिले विभिन्न दलका नेताहरू, एमालेका कार्यकर्ता र नेम्वाङका शुभेच्छुकको बाक्लो उपस्थिति छ।

हृदयघात भएका नेम्वाङलाई सोमबार राति अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज र भोलि एमाले केन्द्रीय कार्यालयमा राखिनेछ।