१० कार्तिक २०८१, शनिबार 1729987708
समाचार

कारोबार र सेवा क्षेत्र बिस्तार गर्न प्रयत्नशील छौँः साल्ट ट्रेडिङ

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनले लिमिटेडले कारोबार र सेवा क्षेत्र बिस्तार गर्न प्रयत्नशील रहेको जनाएको छ । बुधवार कर्पोरेशनले काठमाडौंमा स्थापनाको ६१ औं वार्षिकोत्सव मनाउँदै यस्तो बताएको हो ।

कर्पोरेशनले जनतालाई दैनिक उपभोग्य वस्तुहरु उपलब्ध गराउने लक्ष्य लिएर स्थापना भएको ६० वर्ष पूरा गरेको छ । कर्पोरेशनले उद्देश्य अनुसार जनतालाई सुपथ र सहज रुपमा गुणस्तरिय उपभोग्य वस्तुहरु उपलब्धतालाई निरन्तरता दिइरहेको कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताइन् ।

श्रेष्ठले कर्पोरेशन अफ्ठ्यारो परिस्थितिमा पनि आम उपभोगक्ताहरुलाई सहज रुपमा व्यापार विविधिकरणसहित सक्रिय बनाउने प्रतिवद्धता जनाइन् । उनले कर्पोरेशनले कृषि क्षेत्रको विकासमा समेत योगदान पु¥याउने उद्देश्यले अनुदानित मलमा मात्रै सिमित नभई गैर अनुदानित मल पनि आयात गरी बिक्री वितरण गरिरहेको बताईन ।

उनले उपभोक्ताहरुलाई गुणस्तरिय तेल उपलब्ध गराउन हेटौँडाको नेपाल वनस्पति घ्यु उद्योगबाट तोरीको तेल उत्पादन प्रारम्भ गरी उपभोक्ता समक्ष पु¥याइरहेको बताइन । उनले कर्पोरेशन अब कारोबार र सेवा बिस्तार गर्नमा प्रयत्नशील रहेको बताईन ।