१० कार्तिक २०८१, शनिबार 1729995680
Banner

शोक पारित गर्दै राष्ट्रिय सभा बैठक सम्पन्न, अर्को बैठक १२ गते बस्ने

काठमाडौं । राष्ट्रिय सभा बैठकले सम्पन्न भएको छ ।

बिहीबार बसेको राष्ट्रियसभाको बैठक संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।
नेम्वाङ संविधानसभा अध्यक्ष, पूर्वसभामुख एवं वर्तमान प्रतिनिधिसभा सदस्य थिए । उनी ०४८ र ०५२ सालमा राष्ट्रियसभा सदस्य रहेका थिए ।

नेम्वाङको निधनको शोकमा राष्ट्रियसभामा एक मिनेट मौनधारण गरिएको थियो । गएको मंगलबार बिहान नेम्वाङको निधन भएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक आउँदो असोज १२ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने तय गरिएको छ ।

Tags :