१० कार्तिक २०८१, शनिबार 1729995806
Banner

एमाले संसदीय दलको बैठकबाट नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं । एमाले संसदीय दलको बैठकबाट नेकपा (एमाले)का दिवंगत उपाध्यक्ष, संसदीय दलका उपनेता एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बिहीबार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले शोक प्रस्ताव पारित गरिएको हो ।

सांसद सूर्य थापाका अनुसार अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दायाँपट्टि नेम्वाङ सधैँ बस्ने स्थान खाली राखेर ‘भारी मनका साथ’ उनलाई सम्झिएको जानाकारी दिए ।

“आफ्नो दायाँपट्टि सोफाको सधैँ बस्ने स्थान खाली राखेर संसदीय दलका नेता केपी शर्मा ओलीले भारी मनका साथ दलको बैठकमा उपनेता सुवासचन्द्र नेम्वाङलाई सम्झिनुभयो,” थापाले भने ।

गएको मंगलबार बिहान हृदयाघातबाट निधन भएका नेम्वाङको बिहीबारै पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

Tags :