११ कार्तिक २०८१, आइतबार 1730074376
Banner

म बालबालिकासँग आकर्षित हुन्छु कि बालबालिका मसँग आकर्षित हुन्छन् ?

काठमाडौं । आज ५९औँ राष्ट्रिय बाल दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइँदै छ । बालदिवसको अवसरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालबालिकासँगको तस्विरहरु सामजिक सञ्जालमा राख्दै भावुक सन्देश लेख्नुभएको छ ।

बालदिवसमा अध्यक्ष ओलीको यस्तो छ शुभकामना ।

“म कहिलेकाहीं सोच्छु म बालबालिकासँग आकर्षित हुन्छु कि बालबालिका मसँग आकर्षित हुन्छन् ? अन्तिममा म आफैं बालबालिकासँग आकर्षित भएको निष्कर्षमा पुग्छु। म लामो समय बाँचेको छु र छोटो समय बाँच्नु छ। यिनीहरुसँग लामो समय छ। हरेकलाई भविष्य प्यारो हुने भएर हुन सक्छ ( मलाई बालबालिका प्यारा लाग्छन्। आज बाल दिवस ) सबै सबै बालबालिकालाई उज्ज्वल भविष्यको कामना ।’

विसं २०२१ भदौ ४ गतेदेखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालमा भदौ २९ गतेका दिन मनाउन थालिएको हो । नेपालमा बाल दिवस रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको पाइन्छ ।