११ कार्तिक २०८१, आइतबार 1730081256
Banner

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्न मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। आजको बैठकमा प्रधानमन्त्री दाहालले आसन्न अमेरिका र चीन भ्रमण बारेमा मन्त्रिपरिषद् बैठकमा जानकारी गराउने छन्।

प्रधानमन्त्री दाहाल शनिबार शनिबार संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नेछन्। दाहाल त्यहीबाट ५ असोजमा चीन भ्रमणमा जाने पनि तय भएको छ। प्रधानमन्त्री प्रचण्डले ४ असोजमा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । न्युयोर्कमा रहँदा प्रधानमनत्री प्रचण्डले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसम्बन्धी सम्मेलन तथा जलवायु महत्वकांक्षा सम्मेलनमा सहभागी हुने कार्यक्रम छ।

प्रधानमन्त्री दाहाल एसियन गेममा सहभागी हुन अमेरिकाबाट चीन जानेछन्। चीनमा रहँदा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छियाङलगायतसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

आजको बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई दिने छन्।