१० कार्तिक २०८१, शनिबार 1729980883
Banner

सत्ता पक्षले तस्करीलाई पोलिटिकल एजेन्डा बनायो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले तस्करीलाई पोलिटिकल एजेण्डा बनाएको बताएका छन् ।आइतबार बढ्दो महंगी र उपभोक्ता हित विषयक विचार गोष्ठीलाई सम्बोधनका क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले भने, ‘साढे ९ केजी सुन पक्राउ गर्यो त्यो कहाँ गयो ? के भयो रु अत्तोपत्तो छैन । बजारले त्यसलाई सामान्य रुपमा लिएको छ । भन्सारमा पक्राउ पर्यो त्यो अलपत्र अलपत्र सक्यो । कोकोका बाउछोरा केके भयो अरे । २९४ पटक सम्पर्क भएको देखियो । भन्सारमा कुदेर गएको पाइयो । यो छाड्देउ भनेको पाइयो । तर पनि केही पनि होइन । लाञ्छित कसलाई गर्नेभन्ने उहाँहरुको पोलिटिकल एजेण्डा छ ।’

उनले संसदमा पशुपतिमा सुन भनेर पित्तल लगाइयो भन्ने हल्ला चलाएर एरपोर्टबाट क्विन्टलका क्विन्टल सुन ल्याएको आरोप लगाए ।

उनले भने, ‘सरकारसँग सुन गाल्ने मेसिन एउटा छ । सरकारको पखेटा भन्ने कि के तिनिहरुसँग पहिले चारवटा भेटियो। अहिले एउटा गरी पाँचवटा मेसिन भटियो। गैरसरकार भन्ने कि तस्कर भन्ने अब।’

Tags :