१० कार्तिक २०८१, शनिबार 1729980864
Banner

आज सन्दीपविरुद्ध परेको मुद्दाको सुनुवाइ नहुने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध परेको मुद्दाको सुनुवाइ आज नहुने भएको छ । तीज पर्व तथा पर्याप्तमात्रामा न्याायधीश नहुँदा लामिछानेको मुद्दा स्थगितको सूचीमा परेको हो ।

यसअघि आमाको उमेरमा विवाद देखिएपछि सोलाई पुष्टि गर्न आमाको जन्म मिति यकिन हुने गरी कागजात समेत माग गरेको थियो । स्थानीय तहबाट कागजात आएपछि असोज १ गतेका लागि अन्तिम सुनुवाइ भन्दै पेशी तोकिएको थियो ।
२०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २७ पटक पेसीमा चढिसकेको छ ।

सुरुमा काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएकामा उच्च अदालत पाटनले लामिछानेलाई सशर्त रिहा गरेको थियो ।

तर विदेश जान नपाउने गरी बन्देज लगाइदिएपछि लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिई विदेश जाने अनुमति माग गरेका थिए ।