२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 7:42 pm
Banner

संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ६७० जना कैदको सजाय माफी

सूचना प्रेस २०८० आश्विन २ मंगलबार ००:००, १८:३३ बजे १ मिनेट पढाइ

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरेका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार ६७० जना कैदको सजाय माफी गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार बुधबारदेखि लागू हुनेगरी उनीहरुको कैदको सजाय माफी गरेको उल्लेख गरेकी छन् ।

rr