२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 5:11 pm
Banner

पूर्वमन्त्री  खेमराज भट्टको निधन

सूचना प्रेस २०८० आश्विन ५ शुक्रबार ००:००, १०:११ बजे १ मिनेट पढाइ

काठमाडौँ – पूर्वमन्त्री  खेमराज भट्ट मायालुको निधन भएको छ । क्यान्सर रोगबाट पीडित भट्टको काठमाडौँको बीर अस्पतालमा उपचारको क्रममा आज निधन भएको बताइएको छ ।  

२०५६ सालको आम निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएर केही समय सामान्य प्रशासन मन्त्रीसमेत बन्नुभएको थियो । मायालु गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुन् । 

रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी राजदरबार, सिंहदरबारजस्ता ठाउँमा बम विस्फोट गराएको थियो । मायालु त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष थिए ।