८ मंसिर २०८१, शनिबार 1732383766
Banner

परराष्ट्र नीतिमा एकरुपता कायम गर्न अध्यक्ष नेपालको आग्रह

काठमडौं । नेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परराष्ट्र नीतिममा एकरुपता ल्याउनुपर्ने बताएका छन् ।

शुक्रबार राजधानीमा भएको एक कार्यक्रमलाई सम्बोधनका क्रममा भारत र क्यानडातर्फ इंगित गर्दै उनले यस्तो बताएका हुन् ।

‘भारतमा भित्र आन्तरिक द्वन्द्व हुन्छ तर परराष्ट्र नीतिमा एक हुन्छन् । त्यस्तै स्थिति नेपालमा सिर्जना गर्नुपर्छ,’ उनले भने, ‘हामीले दुई वटा कुराहरु दस्ताबेजहरु पास गरेका थियौँ । एउटा परराष्ट्र नीतिको बारेमा थियो । त्यसलाई पुनः हेर्नुपर्ने छ भने हेरौँ । त्यसको कार्यान्वयनमा जोड दिऔं,’ उनले भने, ‘सबै पार्टीको बीचमा साझा सहमति बनाएर हाम्रो प्रतिवद्धता व्यक्त गर्ने अवस्था बनाउनुपर्छ ।’