७ जेष्ठ २०८३, बिहिबार 1779360575
समाचार

आजदेखि महालक्ष्मी व्रत आरम्भ

काठमाडौं : वैदिक सनातन धर्मावलम्बीले १६ दिन लामो महालक्ष्मी व्रत आरम्भ गरेका छन्। भाद्र शुक्ल अष्टमीदेखि आश्विन कृष्ण अष्टमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ।

शुक्रबार शुरु भएको यो व्रत असोज १९ गते शुक्रबारसम्म चल्नेछ। यो अवधिलाई धनधान्यकी देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रूपमा लिइन्छ। ब्रह्मचर्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ ।  

प्रत्येक दिन हविष्य भोजन अर्थात् एक छाक फलाहार र दिनमा एकपटक मात्र नुन खाएर महालक्ष्मी व्रत गरिन्छ। १६ दिनसम्म प्रत्येक दिन बेलुकी चन्द्रमालाई अर्घ्य  दिने गरिन्छ। यसरी व्रत गरेमा धन, सम्पत्ति, वैभव प्राप्त हुने विश्वास छ। 

यो व्रत विशेष गरेर महिलाले गर्ने गरेका छन्। यो व्रतले घरमा महालक्ष्मीको वास भई दुःख दारिद्रय नाश भई सुख शान्ति मिल्ने विश्वास छ।