९ मंसिर २०८१, आइतबार 1732453428
Banner

विकासका काममा सक्रिय भए पनि राजनीतिमा हात नहाल्ने राष्ट्रपतिको प्रतिबद्धता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक गतिविधिमा सहभागी नहुने तर विकास निर्माणका काममा सहभागी हुने बताएका छन् ।

शनिबार गृहजिल्ला तनहुँ पुगेका उनले व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्मित सभागृहको उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् । साथै, उनले आफूले विकासका मुद्दाबारे सचेत गराउने बताए ।

‘म दलीय राजनीतिमा हात हाल्दिन तर विकासबाट हात झिक्दिन । मुलुकलाई विकास चाहिएको छ, जो प्रधानमन्त्री आएपनि म विकासका मुद्धाबारे सचेत गराउछु’ उनले भने ।

राष्ट्रपति पौडेलले जनताका प्रतिनिधिले बनाएको संविधानको रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताए । उनले सबैको भावनालाई समेटर अघि बढे स्थायित्व हुने समेत बताए । राष्ट्रपति पौडेलले जनताको अधिकारको रक्षाको लागि राजनीतिक दल अति आवश्यक रहेको तर अति दलबन्दी भएमा निमुखाको न्याय मर्ने समेत धारणा राखे ।

‘निमुखा जनताले न्याय पाए कि पाएनन्, त्यो दलका प्रतिनिधिले बुझ्नुपर्छ । निमुखालाई न्याय र विपन्नलाई आय दिन सबै दलहरु मिलेर लाग्न आवश्यक छ’ उनले भने ।