९ मंसिर २०८१, आइतबार 1732446965
Banner

सुन तस्करीमा सत्तारुढ लदका नेताहरुलाई सुनपानी छर्कन खोजिएको हो ? : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सत्तारुढ दलका नेतालाई सुन तस्करी प्रकरणमा सुनपानी छर्कन खोजेको हो भन्दै प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले गृहमन्त्री श्रेष्ठलाई यस्तो प्रश्न गरेका हुन् । उनले अनुसन्धान हेर्दा भद्दा मजाक जस्तो देखिएको पनि उनले बताए ।

उनले सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने अपेक्षा आफूहरुले गरेको भएपनि सलाईको काँटीजति पनि नपड्किएको भन्दै टिप्पणी गरे । उनले शंकाको घेरामा रहेका व्यक्तिहरु मोबाइल फम्र्याट गरेर प्रहरीकोमा पुगेको भन्दै उनले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको हो कि भनि आशंका व्यक्त गरे ।

सभापति लामिछानेले सुन तस्करी प्रकरणका केही शंकास्पद व्यक्तिलाई अनुसन्धानले सुन पानी छर्किने काम गरेको बताए । उनले अनुसन्धान अपुरो भएको भन्दै अपुरो अनुसन्धान हुँदा अदालतले गर्ने न्याय निरुपण पनि आलोचित हुनसक्ने बताए ।