१० कार्तिक २०८१, शनिबार 1729945254
Banner

नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । सुर्खेतमा नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशनको बन्दसत्र सुरु भएको छ ।

बिहीबार बिहान ८ बजे सुरु हुने भनिएको बन्दसत्र आन्तरिक तयारीका कारण ढिलो सुरु भएको हो ।

बन्दसत्रअघि सुर्खेतमा रहेका एमाले महासचिव शंकर पोखरेल सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएर काठमाडौं फर्किसकेका छन् ।

कर्णाली प्रदेशको अध्यक्षका लागि पोलिट्ब्यूरो सदस्य गुलाबजंग शाह, प्रदेश कमिटी उपाध्यक्ष लालबहादुर महतरा, नेताहरू मीनबहादुर शाही र राजबहादुर शाही आकांक्षी देखिएका छन् ।

कर्णालीमा १३५ सदस्यीय कमिटी निर्वाचित हुनेछ । अधिवेशनमा ६०४ प्रतिनिधि छन् ।