१० कार्तिक २०८१, शनिबार 1729938023
Banner

मैले कसैलाई मत दिनूस् वा नदिनूस भनेको छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश अधिवेशनका क्रममा आफूले कसैलाई भोट दिन नभनेको बताएका छन् ।

कोशी प्रदेश अधिवेशन उद्घाटनका लागि बिराटनगर पुगेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘केपी ओलीले भनेको कार्यकर्ताले मानेनन् भन्ने सन्देश दिन खोजिएको भन्दै असन्तुष्टि जनाए । केही सञ्चार माध्यम र विरोधीहरुले कार्यकर्ताको नाममा आफ्नो इच्छा थोपर्न खोजेको भन्दै उनले भने, ‘न मैले फलानालाई भोट दिनू, फलानालाई नदिनू भनेको छु, न कार्यकर्ताले नमानेको स्थिति छ,’ उनले भने ।

आफूले सके सर्वसम्मति गर्नुस्, नसके स्वस्थ प्रतिस्पर्धा गर्नुस् मात्र भन्ने गरेको ओलीले बताएका छन् ।