१० कार्तिक २०८१, शनिबार 1729930764
Banner

बहुमत पुग्ने अवस्था सिर्जना भए मात्रै विश्वासको मत दिन सकिन्छ:कोशी प्रदेश राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहुमत पुग्ने अवस्था सिर्जना भएमात्रै कोसी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्ने बताएको छ ।

आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले विगतको निर्वाचनमा भएको सहकार्य र प्रदेशमा राजनीतिक स्थिरताका लागि बहुमत पुग्ने अवस्थामा विश्वासको मत दिन सकिने बताएका हुन् ।

कोसी प्रदेशका जनताले मध्यावधि नचाहेको र प्रदेशमा राजनीतिक स्थिरताका लागि ठूला दलहरू मिल्नुपर्ने उनले बताए । उनले आगामी दिनमा र निर्वाचनमा कसरी जाने भन्ने विषयमा पनि सहमति गरेर मात्र अब कोसीमा बन्ने सरकारलाई सहमति दिन सकिने बताए ।