१० कार्तिक २०८१, शनिबार 1729937873
Banner

एमाले गण्डकी अधिवेशनमा अध्यक्ष ओली अनुपस्थिति, यस्तो छ कारण

काठमाडौं । नेकपा एमालेको प्रथम गण्डकी प्रदेश अधिवेशन उद्घाटनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुन सकेनन् ।

मौसम खराबीका कारण समयमै विमान उडान हुन नसक्दा सो अधिवेशनमा अध्यक्ष ओली सहभागी हुन नसकेका हुन् ।

ओली नआएपछि महासचिव शंकर पोखरेलले अधिवेशनको सम्बोधन गरे । पोखरा आउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म आए पनि समयमै उडान नभएपछि अध्यक्ष ओली फर्किएका थिए ।

अध्यक्ष तथा महासचिवसहितलाई कुरेर कार्यक्रम निर्धारित समयभन्दा १ घन्टा ढिलो सुरु भएको थियो ।