१० कार्तिक २०८१, शनिबार 1729930829
Banner

नेसनल पेमेन्ट गेटवे प्रकरण : यस्तो छ, कम्प्यूटर अधिकृतको बयान

काठमाडौं । नेसनल पेमेन्ट गेटवे प्रकरणमा राज्यलाई २५ करोड रुपैयाँ हानि नोक्सानी पुर्‍याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य तथा आपूर्ति सचिव मुकुन्द्र प्रसाद मरासिनीलगायत ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले अर्थ मन्त्रालयका तत्कालीन कम्प्युटर अधिकृत ठेकु श्रेष्ठसँग बयान लिएको थियो । बयानमा क्रममा श्रेष्ठले मरासिनी बजेट महाशाखाको प्रमुख हुँदा मरासिनीले नै एलएमबीआईएसमा २५ करोड रुपैँया ईन्ट्री गर्न लगाएको खुलाएका छन् ।

बयानमा के भने श्रेष्ठले ?

बजेट तथा कार्यक्रम महाशाखाको मुख्य जिम्मेवारी बजेट निर्माणको क्रममा हुने सम्बन्धित मन्त्रालय, राष्ट्रिय योजना आयोग, निकाय विभाग, कार्यालय लगायतसँग छलफल, सहकार्य, समन्वय गरी गराई एलएमबीआईएसमा बजेट प्रविष्ट लगायतको बजेट निर्माणको अन्तिम रूप दिई व्यय अनुमानको विवरण (रातो किताब) प्रकाशन गर्ने हो । तत्कालीन बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सहसचिव मधु कुमार मरासिनीले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई एनपिजी खरिद प्रयोजनको लागि २५ करोड एलएमबीआईएसमा प्रविष्ट गर्नु भनी निर्देशनर आदेश दिए पश्चात् सोही बमोजिम मैले प्रविष्ट गरेको हो।
एलएमबीआईएसमा प्रविष्ट गरिसके पश्चात अर्थ मन्त्रालयको सचिवरमन्त्रीले प्रमाणीकरण लगायतको काम गर्ने व्यवस्था एलएमबीआईएसमा रहेको देखिँदैन । मलाई उक्त रकम एलएमबीआईएसमा प्रविष्ट गर्दा तत्कालीन सहसचिव मधु कुमार मरासिनी आफै आई बजेट प्रविष्ट गर्न लगाएको हो ।
एलएमबीआईएसमा उक्त बजेट प्रविष्ट गर्नु पूर्व आवश्यक पर्ने कागज प्रमाणहरु छ, छैन हेर्ने, रुजु गर्ने लगायतको कार्य समेतको जिम्मेवारी महाशाखा प्रमुखको नै हुने गर्दछ । म प्राविधिक कर्मचारी भएको र एलएमविआइएसको स्थापनादेखि नै कार्य गरेको हुँदा सो को सञ्चालन सम्बन्धमा प्रक्रियागत पाँच चरणहरु निम्न छन् ।

१. सम्बन्धित कार्यालयले सिलिङ भित्र बसेर माग गरेको विस्तृत बजेट एलएमबीआईएस मा प्रविष्ट गरी सम्बन्धित विभागमा पठाउने,

२. विभागले मातहतका कार्यालयहरुको बजेट पुनरावलोकन गरी सम्बन्धित मन्त्रालयमा पठाउने ।

३. मन्त्रालयको योजना महाशाखाले आफ्ना मातहतको विभागरकार्यालयरकेन्द्ररनिकायको बजेट

पुनरावलोकन गरी सो मन्त्रालयका सचिवकोमा पठाउने,

४. सम्बन्धित मन्त्रालयको सचिवले आफ्नो मन्त्रालयका निकायरकार्यालयरकेन्द्रको बजेट एलएमबीआईएसमा प्रविष्ट गरी अर्थ मन्त्रालयमा पठाउने ।

५. प्रत्येक मन्त्रालयरनिकायको बजेट अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा (८ वटा सेक्टर) ले सरोकारवालालाई राखी विस्तृत रूपमा छलफल गरी बजेटको अन्तिम रूप दिई व्यय अनुमान विवरण रातो किताबमा प्रकाशन गर्ने ।