काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुक्खा बन्दरगाह उदघाटन गर्नुभएको छ ।
चोभारमा एक कार्यक्रमबीच प्रधानमन्त्रीले बन्दरगाह उदघाटन गर्नुभएको हो ।
नेपाल भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना अन्तर्गत चोभारको दुई सय २८ रोपनी क्षेत्रफलमा सुक्खा बन्दरगाह निर्माण भएको हो ।
विश्व बैंकको ऋण सहयोगमा एक अर्ब ६७ करोड लागतमा निर्माण भएको आयोजना २०७५ जेठमा ठेक्का सम्झौता भएको थियो ।
बन्दरगाह उदघाटन गर्दै प्रधानमन्त्री देउवाले वैदेशिक व्यापारलाई प्रतिस्पर्धी र व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सीमाका रहेका भन्सार कार्यालयलाई स्तरोन्नती गर्ने कार्यलाई तीब्रता दिएको बताउनुभयो ।