९ कार्तिक २०८१, शुक्रबार 1729901356
Banner

इजरायलमा भएको घटनाप्रति एमालेको निन्दा, नेपालीहरुलाई उद्धार गर्न आग्रह

काठमाडौं । नेकपा एमालेले इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणको घटनाप्रति निन्दा गरेको छ ।

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले एक विज्ञप्ति जारी इजरायलमाथि हमासले गरेको हमलाप्रतिको निन्दा गरेका हुन् ।
निर्दोष नागरिक, वृद्धवृद्धा र बालबालिकाको हत्या र अपहरण जस्ता अमानवीय कार्यले प्यालेस्टिनी जनताले उठाउँदै आएको समस्या समाधान गर्दैन बरु थप बढाउन मद्दत गर्ने सो विज्ञप्तिमा उल्लेख छ ।

ओलीले भनेका छन्, ‘मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै दशैंको मुखमा भएको यस पीडादायक घटनाबाट शोकमा पर्नुभएका परिवारजनमा गहिरो समवेदनाका व्यक्त गर्दछु । हामी सबै शोकमा छौँ । म सबैमा धैर्य धारण गर्न आग्रह गर्दछु ।’

घटनामा परी घाइते हुने हुनेहरूको तत्काल उपचार, अप्ठ्यारोमा परेकाहरूलाई उद्धार तथा ज्यान गुमाउनु हुनेहरूको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितताका लागि सरकारसमक्ष माग गरेका छन् ।