९ कार्तिक २०८१, शुक्रबार 1729901748
Banner

व्यवसायी दुर्गा प्रसाईंमाथि कालो मोसो दलियो

काठमाडौं । चर्चित व्यवसायी दुर्गा प्रसाईँलाई कालो मोसो दलिएको छ ।

सोमबार कान्तिपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनका क्रममा उनीमाथि केही युवाले कालोमोसो दलेका हुन् ।

घटना घटेको भर्खरै थाहा पाएकाले त्यसतर्फ जाँदै गरेको र हालसम्म कसैलाई पनि नियन्त्रणमा नलिएको जनाएको छ ।
साथै, कालोमोसो दल्ने समूहको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
प्रसाईँ केही समययता बैंक, लघुवित्त र सहकारीको चर्को व्याज नियन्त्रण, ऋण मिनाहालगायतको माग राखेर अभियानमा छन् ।
संघीयता खारेजी, हिन्दू राष्ट्र कायम, राजतन्त्र पुनर्वहाली पनि उनको एजेण्डा छ ।