९ कार्तिक २०८१, शुक्रबार 1729894079
Banner

मधेश प्रदेशका मुख्यमन्त्री गठबन्धनप्रति असन्तुष्टि

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले गठबन्धनप्रति असन्तुष्टि जनाएका छन् ।

गठबन्धनबाट मुख्यमन्त्री यादवले चोर बाटोबाट मन्त्रालय फुटाएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

सोमबार र मंगलबार बिहान मधेश भवनमा गठबन्धनका पाँच दलका नेताहरुको बैठकले मुख्यमन्त्री यादवले सल्लाह नै नगरी मन्त्रालय फुटाएको विषयमा जवाफ माग्ने निर्णय गरेको छ ।

्मन्त्रालय फुटाएको विषयमा जसपाबाहेक गठबन्धनका पाँच दलका नेताहरु छुट्टै निरन्तर छलफलमा छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी लोसपा संसदीय दलका नेता अभिराम शर्माका अनुसार बैठकमा पुरानो योजनाको भुक्तानी, सरकारको कामकारबाहीमा मुख्यमन्त्रीको समन्वयको अभाव लगायतका विषयमा समेत छलफल भएको थियो ।