९ कार्तिक २०८१, शुक्रबार 1729902020
समाचार

करारका कर्मचारी हटाएकोबारे स्वास्थ्यमन्त्रीको प्रष्टीकरणः तलब खुवाउन नसकेपछि हटाइएको हो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले तलब खुवाउन नसकेपछि वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई हटाइएको जानकारी दिनुभएको छ ।

मंगलबार काठमाडौंमा विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तलब खुवाउन नसकेपछि कोभिड प्रयोजनमा नियुक्त गरिएका वीर अस्पतालका कर्मचारीलाई हटाएको प्रष्टीकरण दिनुभएको हो ।

स्वास्थ्यमन्त्री बस्नेतको निर्देशनअनुसार मन्त्रालयले वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई सेवाबाट हटाएको थियो ।

आफूहरुलाई पूर्व सूचनाबिना चाडवाडको मुखमा उनीहरुले अहिले पनि आन्दोलन जारी राखेका छन् । वीर अस्पताल प्रशासनले भने स्वास्थ्य मन्त्रालयलाई करार सेवा निरन्तर दिन र पारिश्रमिक रकम विनियोजन गर्न पटकपटक अनुरोध गर्दा पनि नमानेपछि बाध्य भएर हटाउनुपरेको बताएको छ । तर, हटाइएका स्वास्थ्यकर्मी भने यसमा स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतदेखि वीरका निर्देशक डा।सन्तोष पौडेलसमेतको मिलेमतो रहेको बताउँदै आएका छन् ।

स्वास्थ्यमन्त्री बस्नेतले बजेट दिन नसक्ने बताएपछि १५ असोजमा बसेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०को कार्यकारी परिषद्को बैठकले २७६ जना कर्मचारीको करार अवधि थप नगर्ने निर्णय गरेको थियो ।

देशको आर्थिक अवस्था विकराल रहेको र तलब खुवाउन सक्ने अवस्था समेत नआएपछि उनीहरुलाई हटाउन बाध्य भएको मन्त्री बस्नेतको भनाइ छ ।

कोरोना भाइरसको महामारीका बेला सरकारले २७६ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई करारमा राखेको थियो । कोरोना सकिएपछि हाल उनीहरूले नयाँ सर्जिकल भवनमा सेवा दिँदै आइरहेका थिए ।