९ कार्तिक २०८१, शुक्रबार 1729893811
Banner

प्रचण्ड नेतृत्वको सरकार पूर्ण असफल:ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको बताएका छन् ।

बुधबार नेकपा एमाले मधेश प्रदेश प्रथम अधिवेशन उद्घाटनका लागि जनकपुर पुगेका उनले यस्तो बताएका हुन् ।

सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘कहिले ढल्छ त्यो नभनौं । तर, यो सरकारको काम छैन ।’

नयाँ सरकार बनाउन नेपाली कांग्रेससँग छलफलमा हुनुहुन्छ रु भन्ने जिज्ञासामा अध्यक्ष ओलीले राजनीतिमा कुनै पनि दलसँग छलफल र संवाद सामान्य विषय भएको बताए ।

अध्यक्ष ओलीले जनकपुरधामस्थित पार्टी कार्यालयको नयाँ भवनको उद्घाटनसमेत गर्ने छन् । त्यसपछि उनले जनकपुरको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रमा आज दिउँसो १ बजे प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।