९ कार्तिक २०८१, शुक्रबार 1729894010
Banner

आज राति नेपाल वायु सेवा निगमको विमान इजरायल पठाइने

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएकाको शव र अलपत्र परेका नागरिकको उद्धारका लागि सरकारले त्यसतर्फ नेपाल वायुसेवा निगमको जहाज पठाउने भएको छ ।

आज राति ११ बजे दुबई ट्रान्जिट बनाएर निगमको जहाज इजरायल पठाइने परराष्ट्रमन्त्री एनपी साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए ।

इजरायलमा हमासको आक्रमणको क्रममा त्यहाँ रहेका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । जोखिममा रहेका नेपालीले पनि सरकारबाट उद्धारको लागि याचना गरिरहेका छन् ।