९ कार्तिक २०८१, शुक्रबार 1729893831
Banner

अख्तियारले भ्रष्टचारीलाई कारबाही गर्छ भन्ने विश्वस छैन : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले अख्तियारले भ्रष्टाचारीलाई कारबाही गर्छ भन्ने विश्वास आम मानिसलाई नरहेको बताएका छन् ।

बुधबार राज्य व्यवस्था समितिले बोलाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न विधेयकमाथि छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

यस्तै, उनले अख्तियारले दायर गरेको मुद्दाको संख्या निरन्तर घटे पनि दोषी ठहर हुने प्रतिशत कम रहेको तथ्यांक प्रस्तुत गरेका थिए ।

‘सोझा साझा निमुखलाई राम्रै काम गर्दा पनि अख्तियार लाग्ला कि प्रहरीले समाउला कि ? सरकार लाग्ला कि भन्ने डर छ’ उनले अघि भने, ‘अरुलाई चाहिँ डर र भर गयो । अख्तिारको दाह्रा पनि रहेन, नङ्ग्रा पनि भएन ।’