काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कोशीमा नयाँ सरकार गठनबारे पार्टीको रणनीति तय गर्न पदाधिकारी बैठक बोलाएका छन् ।
कोशीमा सत्तारुढ गठबन्धनले नयाँ सरकारका लागि दावी प्रस्तुत गर्ने तयारी गरिरहँदा राजेन्द्र लिङ्देनले सो बैठक बोलाएका हुन् । कोशी प्रदेशमा निर्णायक शक्तिका रूपमा देखिएको छ ।
गठबन्धनसँग एक मत अपुग रहेको अवस्थामा राप्रपाको समर्थन अनिवार्य हुन्छ । तर, राप्रपाले भने अहिलेसम्म आफ्नो अडान स्पष्ट गरिसकेको छैन ।
निर्वाचन भएको यो एक वर्षको बीचमा ४ पटक मुख्यमन्त्री परिवर्तन भएका छन् ।