८ मंसिर २०८१, शनिबार 1732413950
Banner

अख्तियारमा नियुक्ति प्रक्रिया नै गलत छ:गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अख्तियारमा नियुक्ति प्रक्रिया नै त्रुटिपूर्ण रहेको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्ने क्रमम उनले यस्तो बताएका हुन् । थापाले राज्यव्यवस्था समितिको बैठकमा बोल्ने क्रममा नियुक्ति प्रक्रियामा दलगत हस्तक्षेप हुन नहुने बताए ।

अख्तियार पदाधिकारी नियुक्तिमा दलगत भागवण्डाले गर्दा जरामै समस्या रहेको थापाले बताए । दलगत हस्तक्षेप गर्दा पछिल्लो समय अदालत समेत तानिने र मुछिने अवस्था बनेको थापाको धारणा थियो ।

अख्तियार दुरुपायोग अनुसन्धान आयोग सम्बन्धी विधेयक माथिको छलफलका क्रममा समितिमा थापाले भने,‘नियुक्तिकको मापदण्ड, यसको प्रक्रियालाई नबदलिकन यसले परिणाम दिँदैन,’ थापाले भने ।

नीतिगत निर्णय के हो ? भनि कानुनमै स्पष्ट खुल्न पर्ने थापाको मत छ । कुन कुरा नीतिगत हो । ‘के कुरा नीतिगत हो र होइन भनि कानुनले नै स्पष्ट गरेपछि त्यसपछि मात्रै नीतिगत कुरा टुंगन्छ, थापाले भने,‘क्याबिनेटले सबै कुरा नीतिगत गर्दैन । केही कुरा नीतिगत गर्दछ, केही कुरा गर्दैन ।’