९ कार्तिक २०८१, शुक्रबार 1729887111
Banner

सन्दीप लामिछोनविरुद्धको मुद्दा आज पनि स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ ।

जिल्ला अदालत काठमाडौंले गोला प्रक्रियाका क्रममा मुद्दा स्थगित भएको जनाएको छ ।

जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माका अनुसार सन्दीप लामिछानेविरुद्धको मुद्दा रहेको फाँटको सबै मुद्दा स्थगित भएको हो । उनले भने, ‘सरुवा भएर आउनुपर्ने सबै न्यायाधीशहरु आइपुग्नुभएको छैन ।

गोला तान्ने क्रममा त्यो फाँटको सबै मुद्दा स्थगित भएको हो ।’
बालिका बलात्कारको आरोप लागेका लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।