९ कार्तिक २०८१, शुक्रबार 1729887382
Banner

आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ताका लागि वार्ता टोली गठन

काठमाडौं । सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ताका लागि वार्ता समिति गठन गरेको छ ।

केही दिनयता आन्दोलनरत स्थानीयत तहका कर्मचारीहरुको माग सम्बोधनका लागि संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल भट्टराईको संयोजकत्वमा चार सदस्यीय वार्ता समिति गठन गरिएको हो ।

वार्ताका लागि समय आज दिउँसो २ बजेका लागि तोकिएको छ ।

समितिको सदस्यमा मन्त्रालयकै सहसचिव नारायण अर्याल, कानून तथा फैसला कार्यान्वयन शाखा प्रमुख टंक महत, कर्मचारी समायोजन शाखा प्रमुख कमानसिं थापामगर रहेका छन् ।

संघीय निजामती विधेयकमा आफूहरूलाई विभेद गरेको भन्दै विविध मागसहित स्थानीय तहका कर्मचारी आन्दोलित छन् ।