९ कार्तिक २०८१, शुक्रबार 1729887002
Banner

रिगलविरुद्धको मुद्दामा रिक्युजलको घोषणा, अर्को पेसी कातिक १४ गतेलाई

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले गुण्डानाइके रिगल भनिने योगराज ढकालविरुद्धको मुद्दाको रिक्युजलको घोषणा गरेका छन् ।

आफूहरुले यसअघि नै यस प्रकृतिको मुद्दा हेरेको, र मुद्दा हेर्न नमिल्ने भन्दै प्रधानन्यायाधीशसहितको पूर्ण इजलासले अर्को इजलासमा पेश गर्न आदेश दिएका हुन् ।

रिट निवेदकका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेका अनुसार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले यस्तै मुद्दामा आफूले फैसला गरिसकेकै कारण यो मुद्दा हेर्न मिल्ने कि नमिल्ने भनी इजलासलाई जानकारी गराएका थिए ।

न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीले पनि आफूहरुले समेत यस्तै प्रकृतिको मुद्दा हेरिसकेको कारण अन्य न्यायाधीशको इजलासबाट सुनुवाइ हुनु उत्तम हुने भन्दै उनीहरुले समेत रिक्युजलको घोषणा गरेका थिए ।
तर, खाजा समय अगाडिसम्म भने प्रधानन्यायाधीशसहितको पूर्ण इजलासले रिट निवेदक र सरकारको तर्फबाट बहस सुनेका थिए ।

अन्य न्यायाधीशको इजलासमा सुनुवाइ गर्न उपर्युक्त हुने भन्दै अर्को पेशी कात्तिक १ गतेलाई तोकिएको छ ।