९ कार्तिक २०८१, शुक्रबार 1729887330
Banner

महेश बस्नेत सहभागी कार्यक्रमका सवारीसाधनमाथि तोडफोड

काठमाडौं । झापामा एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा सहभागीहरुको सवारी साधनमाथि तोडफोड भएको छ ।

बस्नेत सहभागी चलिरहेको बेला पार्किङमा राखिएका सवारी साधनमा तोडफोड भएको हो ।

महेश बस्नेतले भाषण गरिरहेका बेला बाहिर रोकेर राखिएको एक दर्जन जति गाडी तोडफोड भएको प्रत्यक्षदर्शीको भनाइ छ ।

गाडी फुटाउने समूहको अगुवाइ गर्ने दुर्गा प्रसाईँनिकट विक्रम सुब्बा पक्राउ परेका छन् । सुब्बाले प्रसाईँलाई कालोमोसो दलिएपछि विर्तामोडमा जुलुससमेत निकालेका थिए ।