९ कार्तिक २०८१, शुक्रबार 1729887031
Banner

प्रतिनिधिसभा बैठक कातिक १२ गतेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी कातिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै प्रतिनिधिसभा बैठक कातिक १२ गते आइतबारसम्मका लागि स्थगित भएको जनाएका हुन् ।

आजको बैठकले बिद्युत विधेयक २०८० संसदीय समितिमा दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत गरेको छ ।

यस्तै विभिन्न कारणले १० भन्दा बढी बैठक अनुपस्थित हुने सांसदहरुको अनुपस्थितिको सूचना पनि स्वीकृत भएको छ ।