९ कार्तिक २०८१, शुक्रबार 1729894637
Banner

सबै प्रकारका हिंसा र शोषणको अन्त्य र जनताको सुरक्षामा सरकार संवेदनशील छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै प्रकारका हिंसा र शोषणको अन्त्य र प्रकोपमा जिउधनको सुरक्षामा सरकार संवेदनशील रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभामा अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

अपाङ्गता भएका व्यक्तिको अधिकारसँग सम्बन्धित रहेर संविधान र कानुनमा बिभिन्न व्यवस्था गरेको बताउँदै उनले कार्यान्वयनमा सरकार संवेदनशील र गम्भीर रहेको दोहोर्‍याएका छन् ।

प्रधानमन्त्री पुष्पकमल प्रचण्डले खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाइने सरकारको नीति रहेको बताए ।

‘आगामी दिनमा हुने पारा ‌ओलाम्पिकमा सहभागी हुने खेलाडीहरूलाई तालिम र प्रशिक्षणको व्यवस्थालाई थप प्रभावकारी बनाउँदै लगिनेछ ।

साथै, उचित र पर्याप्त खेल सामग्रीहरूको व्यवस्थाका लागि अनुदान उपलब्ध गराउने कार्यक्रमलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु ।’